घुस लिने सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

डिसी नेपाल
२७ फागुन २०७६ २२:४२

काठमाडौं। टेण्डरको काठ उठाएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासीमा कार्यरत सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेलीविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उनीहरुले नियमानुसार लिलाम बिक्री भएको काठको छोडपूर्जी दिने प्रयोजनका लािग सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगले आरोप लगाएको छ । सहायक वन अधिकृत देवकोटाले घुस रकम आफूले नबुझी कार्यालय सहयोगी तेलीले लिएको अवस्थामा आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *