घुस लिने सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं। टेण्डरको काठ उठाएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासीमा कार्यरत सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेलीविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उनीहरुले नियमानुसार लिलाम बिक्री भएको काठको छोडपूर्जी दिने प्रयोजनका लािग सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगले आरोप लगाएको छ । सहायक वन अधिकृत देवकोटाले घुस रकम आफूले नबुझी कार्यालय सहयोगी तेलीले लिएको अवस्थामा आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment