प्रतिबन्धित विप्लव समूह के गर्दै थिए उदयपुरमा ?

डिसी नेपाल
३० फागुन २०७६ १४:२०

काठामाडौं। प्रतिबन्धको एक वर्ष पुगेको भोलिपल्ट नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको संगठनमा आवद्ध १४ जना कार्यकर्ता उदयपुरको कटारीबाट पक्राउ परे।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५, गौरी खोलास्थित गोठबाट १४ वर्षीया करिना मोक्तानलाई लिएर कटारी पुगेका कलिला बालबालिकासहित विप्लव कार्यकर्ता पक्राउ परेपछि त्यहाँ बालबालिकालाई किन लगिएको थियो भन्ने कौतुहतला पैदा भयो।

गृह मन्त्रालयले पूर्वी पहाडका केही जिल्ला र पश्चिम पहाडका केही जिल्लामा विप्लव समूहको गतिविधि बढेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पत्रचार गरेको केही दिनमै उदपुरको जंगल नजिकबाट उनीहरु पक्राउ परेका थिए।

दुई नम्बर प्रदेश प्रहरीका प्रमुख डिआइजी प्रधुम्न कार्कीका अनुसार सो समूहले सैन्य तालिमका लागि उनीहरुलाई त्यहाँ पुर्याइएको थियो।
कार्कीका अनुसार २८ फागुनमा करिना बसेको गोठमा केही युवाहरुको समूह गएको थियो।

सो समूहले त्यहाँ उनीहरुले खाना पकाएर खाएपछि करिनालाई पनि लिएर हिडेँ। कहिले बसको यात्रा र कहिले हिँडाएर करिनालाई कटारी पुर्याएका थिए।

एक एक वटा झोला बोकेका उनीहरु एक आपसमा नबोली बसेका थिए। केहीले खाना पकाएर केहीले पानी ल्याए २८ गते दिउसो उनीहरु त्यहाँबाट हिडेपछिमात्रै करिनाका बाबुले छोरी हराएको थाह पाए। करिना गोठमा एक्लै थिइन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले बाल लडाकू भर्ना गरेको, तालिम दिएको र सशस्त्र विद्रोहमा परिचालन गरेको मुद्दा अहिले पनि बल्झिरहेको अवस्थामा विप्लव समूहले जनयुद्धलाई बल्झाउने गरी सैन्य तालिम दिन लागेको स्रोतको दावी छ।

त्यही मौकामा उनीहरुले अपहरणको शैलीमा लगेको प्रहरीले जनाएको छ। बुवा लालबहादुर मोक्तान र श्रीमती सिन्धुलीको दुधौलीमा आफ्ना बुवाको काजक्रियाका लागि गएका थिए। करिनाले जान्न भन्न सक्ने अवस्था नै नबनाईकन लिएर हिडेका थिए।

उनीहरुले करिनालाई लिएर हिडेपछि २ नं प्रदेशका डिआइजी कार्कीले धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई तुरुन्तै खटिन आदेश दिए भने उदयपुर, सिराह र अन्य नाकामा प्रहरी परिचालन गरियो।

डीआईजी कार्कीका अनुसार करिनालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सैन्य भर्नाका लागि लगेका र सैन्य तालिम दिन लागिएको खुलेको छ। ३० गते विहिबार दिउसो प्रहरीले उदयपुरको कटारीबाट नियन्त्रणमा लिएका पीडित बालिका सहित १५ जनाका साथबाट जनयुद्ध आधारभूत तह तालिम निर्देशिका २०७५ र जनक्रान्ति नामक पुस्तक, दस्तावेज र डायरी बरामद गरेको थियो।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले बाल लडाकू भर्ना गरेको, तालिम दिएको र सशस्त्र विद्रोहमा परिचालन गरेको मुद्दा अहिले पनि बल्झिरहेको अवस्थामा विप्लव समूहले जनयुद्धलाई बल्झाउने गरी सैन्य तालिम दिन लागेको स्रोतको दावी छ।

करिनालाई अपहरण शैलीमा विप्लवका कार्यकर्ताले धनुषाबाट उदयपुरको कटारी नगरपालिका खसिबासस्थित जंगलमा भेटिएपछि प्रहरीले पक्राउ परेका सबैको लडाकु नभएको र कार्यकर्ता पनि नभएको जनाएको छ।

‘केहीलाई भर्खरै लगेका कारण उनीहरु बोल्न चाहिरहेका छैनन तीन चार जना कमाण्डर कार्यकर्ता जस्ता छन् उनीहरुको बारेमा अनुसन्धान हुदैछ’, डिआइजी कार्कीले भने।

कटारीको जंगलमा रहेका जानकारी पाएपछि त्यहाँको स्थानीय प्रहरी र सशस्त्र प्रहरीले धनुषा प्रहरीलाई सहयोग गरेको थियो। प्रहरीले उनीहरुको साथबाट चाइनिज पेस्तोल ३ थान, म्यागेजिन ३ थान, र गोली ९ राउण्ड फेला पारेको थियो।

सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएपछि तालिमे लडाकू दस्ता फेला परेको यो पहिलो पटक हो। प्रहरी अधिकारीहरुका अनुसार एकपछि अर्को प्रहरी कारबाहीमा आफ्ना केन्द्रीय नेता, विशेष दस्ता र जिल्ला तह समेत पक्राउ परेपछि विप्लव समूहले नयाँ युवायुवती र बालबालिका समेतलाई सशस्त्र तालिममा सहभागी गराउन थालेको छ।

यी हुन् पक्राउ परेका बालबालिका
प्रहरीले इलामका मुस्कान राई (२०), इटहरीका विवेक खड्का (२८), सर्लाही लालबन्दी बस्ने रिता कार्की (१६), ताप्लेजुङका बस्ने विकास राई (२०), इलाम बतासेका आयुस मगर(१७), उदयपुर ताप्ली गाउँपालिकाका अविनास तामाङ (१८), उदयपुर गाईघाटका आशीष लामा (२०), ताप्लेजुङकी रञ्जना राई (१६), धनकुटा पाख्रीबास नगरपालिकाकी अनिता राई (१९), कैलालीकी अनुस्का राउत (१९), मोरङ आइतबारेकी सपना राई (१७), भोजपुरका मणिराज राई (४५), मोरङका आशीष श्रेष्ठ (१५) र १२ वर्षका सिन्धुली मरिन गाउँपालिका ज्यमिरेका ईश्वर पुलामी मगर  नियन्त्रणमा लिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *