ज्वरो देखिएपछि काँकडभिट्टाबाट ६ जना भारतीय फिर्ता

डिसी नेपाल
३० फागुन २०७६ २२:३८

काँकडभिट्टा। स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्न लागेका ६ भारतीय नागरिकमा उच्च ज्वरो देखिएका कारण भारत फर्काइएको छ ।

प्रहरीका अनुसार भारतको बङ्गाल बस्ने १९ वर्षीय मुर्र हस्दा, २९ वर्षीय निक्ल हस्दा र सोही ठाउँका २१ वर्षीय राहुल मिया, विहारका २६ वर्षीय विद्युत सरकार, भारत उत्तरदिनातपुर निवासी ३२ वर्षीय दीपेश सरकार र मुण्डा गाउँका २९ वर्षीय समिर मुण्डालाई भारत फर्काइएको हो ।

काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका पाँच सय ६१ जनामा स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा उच्च ज्वरो पाइएपछि भारत फर्काएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

बिहीबार मात्रै कोरोना भाइरसको आशङ्कामा दुई युक्रेनी नागरिकलाई अध्यागमन कार्यालय काँकडभिट्टाले प्रवेषाज्ञामा रोक लगाएको थियो । भारतका सिक्किम, दार्जिलिङलगायत शहर भ्रमण गरी नेपाल प्रवेश गर्ने क्रममा युक्रेनी नागरिकमा समेत उच्च ज्वरो देखिएपछि भारत फर्काइएको थियो । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *