पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित
सांकेतिक तस्बिर
पाल्पा । चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन्।
परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ती विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन्।
परीक्षामा पाल्पाबाट पाँच हजार ६८ विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ चार हजार ८९६ र ग्रेडवृद्धितर्फ २१६ विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले बताए ।
उनका अनुसार जिल्लाका सबै स्थानीय तहमा २५ परीक्षा केन्द्र तोकिएको छ। तानसेन नगरपालिकामा जनता, पद्यमा पब्लिक, महेन्द्रबोधी, सेन, मोहनकन्या, न्यु होराइजन बोर्डिङ, दमकडा, शारदा र त्रिभुवन मावि छन्।
रामपुर नगरपालिकामा दरैठाँटी, रामतुलसी र जनविकास माविमा परीक्षा केन्द्र तोकिएको छ । निस्दी गाउँपालिकामा जनता, पूर्वखोला गाउँपालिकामा उद्बुद्ध, रम्भा गाउँपालिकामा रम्भा र जनकल्याण, बगनासकाली गाउँपालिकामा विष्णु, दर्लमडाँडा, चन्द्र माविमा परीक्षा केन्द्र परेका छन्।
माथागढी गाउँपालिकामा किसान र शौभाग्य, रिब्दीकोट गाउँपालिकामा भवानी र भैरव जनता, रैनादेवी छहरा गाउँपालिकामा महाकाली र भैरव नवदीप मावि परीक्षा केन्द्र तोकिएको छ।
जिल्लाभरमा प्रत्येक परीक्षा केन्द्रमा एक÷एक परीक्षा केन्द्राध्यक्ष र दुई÷दुई सहायक केन्द्राध्यक्ष खटाइनेछ। प्रत्येक केन्द्रमा १५ सुरक्षाकर्मी परिचालन गरिने छ।
सबै स्थानीय तहमा उत्तरपुस्तिका पुगिसकेको छ । चैत ६ गतेदेखि १७ गतेसम्म परीक्षा सञ्चालन हुँदैछ । पहिलो दिन चैत ६ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment