१८ तस्बिरमा हेर्नुहोस् बसन्त ऋतुसँगै काठमाडौँका सडकमा देखिएको रौनकता

डिसी नेपाल
१ चैत २०७६ १२:५४

काठमाडौँ । बसन्त ऋतुको आगमनसँगै काठमाडौँका सडक किनारा समेत फूलैफूलले रंगीचंगी देखिन थालेका छन्।

शिशिर ऋतुमा झरेका पालुवा फेरिँदै जाँदा ढकमक्क फूलेका फूल र हरियालीले शहर बजारको सौन्दर्य समेत बढेको छ। यसले शहरको सौन्दर्य मात्र बढेको छैन, राजधानीवासीमा नयाँ उर्जा समेत सिंचित गरेको छ । काठमाडौंको सडकमा अहिले बेग्लै रौनकको अनुभूति गर्न सकिन्छ ।

सडकमा हिँड्ने पैदल यात्रु र सवारी साधनमा हुईंकिने यात्रु पनि शहरको सौन्दर्य देखेर लठ्ठ हुन्छन्। वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई “म ऋतुहरूमा वसन्त ऋतु हुँ’’ भनेका छन्।

पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन्। बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ। तस्बिर: रमण मानन्धर/डिसी नेपाल डटकम

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *