शालिकलाई डिजिटल डिस्प्ले ! (फोटोफिचर)

डिसी नेपाल
१ चैत २०७६ १२:४९

काठमाडौं। काठमाडौंको भद्रकालीमा नेपाली सेनाले डिजिटल डिस्प्ले बोर्ड राखेको छ । यसमा नेपाली सेनाले गरेका गतिविधिहरु देखाइने गरिन्छ । आम सर्वसाधारणले सेनाका कामहरुबारे सहजै जानकारी पाउन् भन्ने उद्देश्यले राखिएको यो डिस्प्ले राख्ने ठाउँ भने अनुपयुक्त भएको सर्वसाधारणले गुनासो गरेका छन् । यो बोर्ड सडकमा हिँड्ने आम सर्वसाधारणले सहज रुपमा देख्न सक्दैनन् । अगाडि रहेका बार रुख र शालिकले यो बार्डलाई छेकिदिन्छन् । यतिसम्म कि स्क्रिनको ठिक अगाडि उभिएको शालिक हेर्दा यो डिस्प्ले सर्वसाधारणको लागि नभइ शालिककै लागि स्थापना गरिएजस्तो देखिन्छ । हेर्नुहोस् तस्वीरहरु –

सबै तस्वीरः रमण मानन्धर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *