उपत्याकामा परिचालित ७४ ‘जासुस प्रहरी’ को एकसाथ सरुवा

डिसी नेपाल
२ चैत २०७६ ०:२५

काठमाडौं / महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिएको छ । उनीहरुले उल्लेखनिय कार्य गर्न नसकेका भन्दै एकै साथ सरुवा गरिएको हो । सरुवा हुनेमा  १७ अधिकृत ५७ जवान समेत ७४ अधिकृत तथा जवान रहेका छन् । तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाईएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जनाए  ।
प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सो कार्य गरिएको उनले बताए । आचरण व्यवहार सुधारको हिसावले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारात्मक तालिमसमेत संचालन गरिने छ ।
यसपछि अब इन्टेलिजेन्ट ग्रुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारीभित्र रहेर परिणाममुखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने कुरा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी पोखरेलले बताए । साथै अव सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतःप्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमामात्र परिचालित हुने समेत उनको दावी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *