मुख्यमन्त्री शाहीद्वारा बबईमा स्थापित हेल्थडेस्कको निरीक्षण

डिसी नेपाल
२ चैत २०७६ १३:१३

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका र बर्दियाको बासगढि नगरपालिकामा पर्ने नाका बबईमा स्थापना गरिएकोे हेल्थ डेस्कको प्रभावकारिताबारे बुझ्न कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिबार स्थलगत निरीक्षण गरेका छन् ।

प्रदेश राजधानी भित्रने नागरिकहरुलाई हेल्थ डेस्कका कर्मचारीहरुले गर्ने व्यवहार, अभाव र त्यसलाई अझै व्यवस्थापन गर्न चाल्नुपर्ने कदमका बारेमा बुझ्न बबई पुगको मुख्यमन्त्री शाहीले बताए ।

‘नेपालमै कोरोना भाइरस नभित्रियोस् भन्ने कामना हाम्रो हो’ शाहीले भने,
‘छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण बढी रहेकाले कर्णालीमा भित्रन नदिन सरकारको तर्फबाट चाल्नु पर्ने कदमबारेमा बुझ्न बबई आएको हुँ।’

मोटरसाइकल सवार वा अन्य कुनै सवारी साधनमा आवतजावत गर्ने नागरिकलाई कडा निगरानीमा राखेर चेकजाँच गर्न मुख्यमन्त्री शाहीले कर्मचारीलाई निर्देशन दिए।

भारतका विभिन्न स्थानमा नेपाली युवाहरु रोजगारका लागि जाने गरेको बताउँदै अब ती युवाहरुको फर्कने क्रम सुरु भएकाले विशेष ख्याल गर्नुपर्ने मुख्यमन्त्री शाहीको आग्रह थियो।

‘प्रदेशमा भारतबाट नै कोरोना भित्रिने खतरा छ । हजारौं युवाहरु भारतबाट फर्किरहेका छन् । खेतीपातीको सिजन भएका कारण कतिपय आउँदै पनि छन् । भारतमा कोरोना संक्रमण तीव्र भइरहेको बेलामा कुनै पनि बेलामा कोरोना कर्णाली भित्रिन सक्छ, त्यसलाई बबई वारी आउन नदिने गरी खटिनुस्। के आवश्यक पर्छ प्रदेश सरकार सहयोग गर्न तयार छ’ मुख्यमन्त्री शाहीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *