प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकालियो

डिसी नेपाल
२ चैत २०७६ १६:४०

काठमाडौं। मिर्गौला प्रत्यारोपण गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा राखिएको स्टेन्ट आइतबार निकालिएको छ।

फ्लोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकालिएको हो। अस्पतालमा झण्डै पाँच घण्टा विताएका प्रधानमन्त्री ओली दिउँसो तीन बजे बालुवाटार फर्किएका छन्।

शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा. उत्तमकुमार शर्माले प्रधानमन्त्री ओलीलाई लामो धपेडी नगर्न सुझाव दिएको बताए। उनका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यका सबै सूचांक राम्रो छ।

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणपछि निवास फर्किएको जानकारी दिए।

गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका थिए।

मिर्गौला प्रत्यारोपणपछि डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शनिबारदेखि नै राजनीतिक भेटघाट सुरू गरेका थिए। शनिबार उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *