कामपाका सबइन्जिनीयरविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

डिसी नेपाल
२ चैत २०७६ २१:२९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँ महानगरपालिकाका सबइन्जिनीयर गणेश ठकुल्लाविरुद्ध आईतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ बबरमहलमार्फत खटिइएका सबइन्जिनीयर ठकुल्लाले भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा गराउने क्रममा रु २० हजार घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो । निजले घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *