घुस लिएको अभियोगमा पक्राउ

डिसी नेपाल
३ चैत २०७६ १८:४०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई सोमबार पक्राउ गरेको छ ।

नयाँ मिटरको क्षमता वृद्धिको लागि नियमानुसार राजश्व तिरी प्रक्रिाय अगाडि बढाउँदा समेत काम झन्झटिलो हुन्छ भन्दै दाहालले सेवाग्राहीसँग घुस मागेको आयोगको आरोप छ ।

आयोगले उनलाई कार्यालयको सेवाग्राही फाँटबाटै पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले राम्चे आधारभूत विद्यालय मराङ म्याग्दीका शिक्षक छोटेलाल ठाकुरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *