कार्भेमा स्कुलबाट घर फर्किँदै गरेकी आमा–छोरीको टिपरको ठक्करबाट मृत्यु, स्थानीय आक्रोशित
काठमाडौं। काभ्रेको पनौतीमा सोमबार साँझ टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। स्कूलबाट बनेपातर्फ आउँदै गरेका आमा–छोरीलाई सोमबार साँझ पनौतिमा टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट उनीहरुको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले पनौतीमा प्रदर्शन गर्दा तनाव उत्पन्न भएको छ। आक्रोशित स्थानीयहरुले प्रर्दशन गर्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।
स्थानीय बासिन्दाले प्रहरी बिट जलाएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
पनौतीमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक रोशी ६ का नवराज थापा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । स्थानीय कालिका प्राथमिक विद्यालयको प्रधानाध्यापकसमेत रहेकी उनले परीक्षा व्यवस्थापनको जिम्मेवारी अरुलाई दिएर स्वास्थ्य जाँचको लागि बनेपा आउँदै गर्दा टिपरले ठक्कर दिएको थियो ।
Facebook Comment