अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’

डिसी नेपाल
४ चैत २०७६ ७:४३

काठमाडौं। विश्वकै ठूलोमध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली युवा दिवेश पोखरेल हलिउडमा गुञ्जिएका छन् । स्टेज नाम अर्थर गनबाट चिनिने दिवेशले आफ्नो प्रस्तुती दिएसँगै जजहरुले उनीबाट अझै धेरै मागेका थिए ।

सुरुमा जज केटी पेरीले ‘मोर…’ भन्दै चिच्याइन । जब केटी पेरी उठेर ‘मोर…’ भनिन् त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले पनि जजहरुको चाहना बमोजिम फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

दिवेशको प्रस्तुती सुरु हुने बेला दर्शकहरु पनि निकै उत्साहित देखिन्थे । उनले अभिवादनस्वरुप नमस्ते भन्नासाथ दर्शकले चिच्याएर नमस्तेको जवाफ दिएका थिए । जज ल्युक ब्रायनले त दिवेशसँगै गए । जजहरुको चाहनाबमोजिम उनले दोस्रो प्रस्तुती दिँदा तीनैजना जज उनको सम्मानमा उठेका थिए ।

दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए ।




प्रतिक्रिया

One thought on “अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’

  1. American Idol challenge मा , बाहुन दिवेश पोखरेलले भाग लिएको छ। बाहुन हो बाहुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *