१३ तस्वीरमा हेर्नुहोस् यसरी गरियो कोरोनाभाइरस भ्याक्सिनको मानवमा परीक्षण

डिसी नेपाल
४ चैत २०७६ १०:२८

वाशिङटन। अमेरिकी अनुन्धानकर्ताहरुले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको मानवमा परीक्षण सुरु गरेका छन् । उनीहरुले सोमबार परीक्षणमा सहभागी स्वयंसेवीहरुलाई भ्याक्सिनको पहिलो मात्रा दिए । केसर परमानेन्टे वाशिङटन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकहरुले ४ जना स्वयंसेवीलाई खोपको पहिलो मात्रा सुइमार्फत दिएका हुन् ।

‘हामी अब टिम कोरोनाभाइरस हौं’ केसर परमानेन्टेकी अनुसन्धान टिमकी प्रमुख डा. लिसा ज्याक्सनले भनिन् ‘सबैले यो आकस्मिक अवस्थामा आफूले सकेको गर्न चाहन्छन् ।’ परीक्षणमा स्वयंसेवकको रुपमा खोपको पहिलो मात्रा लिएकी ४३ वर्षकी जेनिफर हलरले भनिन् ‘हामी निराश भइसकेका थियौं । मेरो लागि केही गर्न यो अद्भूत अवसर हो ।

खोप लिइसकेपछि उनले ठूलो मुस्कानका साथ परीक्षण कक्ष छाड्दा भनिन् ‘गजबको अनुभूति भइरहेछ ।’ सोमबार उनीपछि थप ३ जनालाई खोपको पहिलो मात्रा दिइयो । यो परीक्षणमा १ महिनाको अवधिमा ४५ जना स्वयंसेवकलाई खोपको २–२ मात्रा दिने कार्यक्रम छ । बोथेलका ४६ वर्षका नील ब्राउनिङ माइक्रोसफ्टका इन्जिनियरिङ हुन् । उनी खोप परीक्षणमा सहभागी भएकोमा उनका छोरीहरु आफूलाई गौरवान्वित ठान्छन् ।

सोमबारको कोसेढुंगा त्यो अभियानको सुरुवात मात्र हो जले यो खोप सुरक्षित र प्रभावकारी छ कि छैन भन्ने मानवमा परीक्षणपछि प्रमाणित गर्छ । यदि यो परीक्षण सफल हुँदै गएमा पनि खोप विश्वव्यापी प्रयोगका लागि उपलब्ध हुन अझै १२ देखि १८ महिनाको समय लाग्ने अमेरिकन नेशनल इन्स्टिच्युट अफ हेल्थका डा. एन्थोनी फाउसीले बताए ।

Photos: AP


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *