पेट्रोलियमको मूल्य घटेपछि अधिकांश पम्पमा ‘पेट्रोल छैन’, सवारीको लाइन (फोटोफिचर)

डिसी नेपाल
४ चैत २०७६ १५:०४
काठमाडौं। सरकारले डिजेल र पेट्रोलको मूल्य घटाएपछि काठमाडौंका धेरैजसो पेट्रोल पम्पहरुले पेट्रोलको बिक्री बन्द गरेका छन् । उनीहरुले पम्पमा ‘पेट्रोल छैन’ लेखिएको बोर्ड झुण्ड्याएका छन् ।
डिजेल भने दिइरहेका छन् । यद्यपि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका पम्पहरुमा भने पेट्रोल पनि बिक्री भइरहेको छ। अधिकांश पेट्रोल पम्पले पेट्रोल बिक्री बन्द गर्न थालेपछि सर्वसाधारण आत्तिएका छन्। मंगलबार बिहानैदेखि भद्रकालीमा रहेको नेपाल आर्मीको पेट्रोल पम्पमा पेट्रोल हाल्ने सवारी साधनको लाम लागेको छ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागूहुने गरी डिजेल र पेट्रोलको मूल्य घटाएको थियो। निगमका अनुसार डिजेल र पेट्रोलमा समान २–२ रुपैयाँ घटाइएको हो। काठमाडौंमा अब प्रतिलिटर पेट्रोल १ सय ६ र डिजेल ९५ रुपैयाँमा पाइने भएको छ। निगमले मट्टितेलको मुल्य पनि प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *