कोरोना कहरः बैंकदेखि अदालतसम्म स्यानिटाइजर र थर्मल स्क्रिनिङमा जोड (फोटोफिचर)

धनकुमार कार्की
५ चैत २०७६ १६:४१

काठमान्डौ । विश्वमा चर्चाको बिषयमा रहेको कोरोना भाइरसले यतिबेला आतंक मच्चाइरहेको छ। नेपालमा पनि यसले गर्दा सर्वसाधारणमा त्रास फैलिएको छ।

त्रासबीच पनि सर्वसाधारणहरु आफ्ना दैनिकी गर्न बाध्य छन। यसैबीच नेपालमा पनि संक्रमण फैलिने डरले सजगता अपनाउनमा सरकारीदेखी निजी क्षेत्रको ध्यानाकर्षण भएको छ।

बुधबार दिउँसो सर्वोच्च अदालत परिसरमा पनि सुरक्षाकर्मीहरु सेवाग्राहीलाई ‘थर्मल स्क्रिनिङ’ गर्दै भित्र प्रवेश गराउँदै थिए। बानेश्वरस्थित एभरेष्ट बैंकमा पनि गार्डले सेवाग्राहीलाई ‘थर्मल स्क्रिनिङ’ गर्दै थिए भने अर्का गार्डले ‘स्यनिटाइजर’ हातमा हाल्दिदै थिए।

यस्तै बानेश्वरमा रहेको इनभेष्टमेन्ट बैंकमा सेवाग्राहीको बाक्लो उपस्थिति देखिन्थ्यो । यहाँ पनि अन्य बैंकले जस्तै ‘थर्मल स्क्रिनिङ र स्यानिटाइजर’ प्रयोग गरिँदै थियो । बैंकमा आउने अधिकांश सेवाग्राही कोरोनाको कारण पछिका दिनमा समस्या पर्ने आशंका गर्दै पैसा निकालेर सुरक्षित हुने कोशिसमा देखिन्थे । शान्तिनगरकी जमुना तामाङ कोरोनाले गर्दा अप्ठ्यारो पर्ला भनेर पैसा झिक्न आएको बताउँछन्।

कोरोनाको संक्रमण फैलिन नदिन यस अघि नै सरकारले अनावस्यक भिडभाडमा नजान, आवस्यक परेको खण्डमा मात्र घरबाहिर निस्कन, मास्कको प्रयोग गर्न, नियमित सफा पानीले हात धुन र स्यनिटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरिसकेको छ ।

मंगलबार मात्र उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखलेरले परि आएको खण्डमा जुनसुकै बेला पनि ‘लक डाउन’ गर्न सकिने बताएसँगै सर्वसाधारणमा जोहो गर्ने हुटहुटी चलेको बजारमा देख्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *