रतन तिरुवा भन्छन् : प्रचण्ड मेरो प्रिय नेता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले प्रचण्ड आफ्नो प्रिय नेता भएको बताएका छन् ।
बुधबार अपरान्ह ५ सय धरौटीमा रिहा भए लगतै पत्रकार सम्मेलन गरेर उनले आफुबाट गल्ती भएको स्वीकार गरेका छन् ।
उनले भने्, ‘म विद्यार्थी हुँ, कर्णालीबाट अध्ययनको लागि नै काठमाडौं आएको हुँ। एउटा विद्यार्थी हुनुको नाताले आफ्नो राज्यप्रति, भूमीप्रति, देशप्रति माया र प्रेम गर्न पाउनु अथावा गर्नु स्वभाविकै कुरा हो ।’
तिरुवाले आफू जनयुद्धको सहिद परिवारको सदस्य समेत रहेको स्पष्ट पारे । प्रचण्डमाथि जुत्ता प्रहार गर्ने कुनै ईन्टेन्शन थिएन्, तिरुवाले भने, ‘हिजो जनयुद्धदेखिको अहिलेसम्मको बाटो हेर्दै गर्दा कतै कहीँ चुकेकोजस्तो, उहाँ चाहीँ आफ्नै लिडर भएको नाताले, केही कमिकमजोरीहरु देखिँदा युवाको नाताले आवेग, आक्रोश हुनु स्वभाविक होजस्तो मलाई लाग्छ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment