साझा औषधि पसलमा ५० रुपैयाँमा ११ मास्क

डिसी नेपाल
७ चैत २०७६ १६:३६

काठमाडौं । साझा औषधि पसलले ५० रुपैयाँमा ११ मास्क विक्री गर्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेको साझा औषधि पसलबाट रु ५० मा ११ वटा मास्कहरु विक्री हुँदै आएको पाइएको छ । सस्ताेमा मास्क पाउन थाले पछि साझामा अहिले मास्क लिनेहरूकाे भिड लागेकाे छ ।

नेपाल प्रहरीले बजारमा कृतिम अभाव सिर्जना गरी लुकाइ छिपाई राखेका १० लाख थान मास्कहरु कालोबजारी हुनबाट जोगाएको थियो ।

प्रहरीले कालोबजारी हुनबाट बचाएको १० लाख मास्क मध्य ५ लाख सर्वसाधारणका लागि दिए पछि साझाले मास्कलाई सस्तो मूल्यमा बेच्न थालेको जनाएको छ ।

यसअघि बजारमा सर्जिकल मास्कको अभाव भएको भन्दै कालोबजारी भएको थियो ।

मास्कमा कालोबजारी भएको भन्दै प्रहरीले सञ्चालन गरेको विशेष कारवाहीबाट १० लाख मास्कहरु बरामद गरेको थियो ।

कोरोनाको त्रास फैलिन थाले पछि बजारमा मास्क मात्र नभएर दैनिक उपभोग्य समानहरुको पनि कृतिम अभाव सिर्जना गरिएको छ ।

सरकारले कृतिम अभाव हुन नदिने र कालोबजारी गर्नेलाई कारवाही गर्ने भन्दै ८ महिनालाई पुग्ने दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको बताउदै आएको छ ।


यो सँगै अनावश्यक समान खरिद गरेर भण्डारण नगर्न पनि अपिल सहितको आग्रह सरकारले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *