कोरोना कहर : घोडेपानी पर्यटन क्षेत्रमा पर्यटक शून्य (फोटो फिचर)

डिसी नेपाल
८ चैत २०७६ १७:४४

काठमाडौं । वसन्त ऋतु पदयात्राका लागि उपयुक्त सिजन हो। विगतका वर्षहरुमा यस समयमा पदयात्राका लागि धेरै पर्यटक नेपाल आउने गरेको पाइन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घोडेपानी पुनहिल क्षेत्र पर्यटकको पदयात्राका लागि पहिलो रोजाइमा पर्ने ठाउँ हो।

यसपाली सधै जसो यस क्षेत्रमा चारैतिर ढकमक फुल फुलेर रंगिबिरंगीले सुन्दर भएको छ । लाग्छ याहाँका मनमोहक फूलहरुले पर्यटकको प्रतिक्षा गरिरहेका छन् ।

सिजनमा ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)ले दैनिक २ सय जना, पर्यटन बोर्डले १ सय ५० जना र पोखरा टानले ५० भन्दा बढी पर्यटक सूचना व्यवस्थापन प्रणाली कार्ड वितरण गर्ने गरेका थिए । घोडेपानी क्षेत्रमा मात्रै विगतका सिजनमा दैनिक ३ सय जना भन्दा बढी पर्यटक हुने गरेकामा यतिबेला भने शुन्यप्राय जस्तै छ।

 

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण नेपाल पर्यटन बोर्डले शुक्रबार सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली कार्ड वितरण बन्द गरेको जनाएको छ ।

योसँगै विदेशीहरुले पदयात्रामा जान नपाउने भएका छन् । यस क्षेत्रमा पर्यटकको आगमन शून्य भएसँगै पर्यटन व्यवसायमा आश्रित याहाँका स्थानीयहरु मर्कामा परेका छन् ।

तस्वीर : लाेक कार्की

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *