पशुपतिमा हुने आरतीमा सहभागी नहुन भक्तजनलाई आग्रह

डिसी नेपाल
८ चैत २०७६ १९:१७

काठमाडौं । पशुपति विकास कोषको निर्णय पछि पशुपतिमा हुने विशेष पूजा स्थगित गरिए पनि साँझको समयमा गरिने आरती भने यथावत राखिएको छ । शनिबार दिउसोबाट विशेष पूजामा रोक लगाइएको हो ।

आरती भए पनि आरतीमा आउने भक्तजनलाई नआउन आग्रह गरिएको छ । आरती समूहले सरकारले गरेको निर्णयलाई परिपालन गरिदिनहुन अनुरोध गरेको हो ।

शनिबारको आरतीमा प्रयोग भएको साउण्ड सिस्टमबाट उद्घोष गर्दै औपचारिकताका लागि मात्र आरती हुने भएकाले आइतबारदेखिको आरतीमा सिस्टम प्रयोग नहुने र भक्तजन पनि केही दिनसम्म आरतीमा उपस्थित नभइदिन आग्रह गरिएको हो ।

यसअघि, सरकारले कोरोनाको संक्रमणबाट जोगिन सामाजिक, सास्कृतिक स्थानहरुमा २५ जना भन्दा बढी जम्मा नहुन आग्रह गरेको थियो । सरकारले आग्रह गरेपनि पशुपतिको आरतीमा जाने भक्तजनहरु भने रोकिएका छैनन् ।

पशुपतिबाट डिसी सहकर्मी कमल साउदका अनुसार शनिबारको आरतीमा करिव १ सय भन्दा बढी भक्तजनहरु उपस्थित भएका छन् । भक्तजनहरु नरोकिए पछि आरती समूहले नआउनलाई साउण्ड सिस्टमबाट नै उद्घोष गर्नु परेको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा भने अहिलेसम्म देखिएको छैन् । यद्यपी सरकारले कोरोनाको संक्रमण नेपालमा प्रवेश नै गर्न नदिने सरकारको नीति लिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक काम बाहेक कसैलाई पनि भिडभाडमा नजान आग्रह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *