त्रिभुवन विमानस्थलमा पनि घर फर्किनेको लर्को

डिसी नेपाल
९ चैत २०७६ ११:३१

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोनाको प्रभाव नेपाल पनि देखिएको छ । आइतबारबिहानसम्म नेपालमा कोरोनाका बिरामी भने देखिएको पुष्टी भएको छैन ।

तर पूर्व सतर्कता अपनाउँदै सरकारले आजबाट अत्यावश्यक बाहेकका सेवा भने बन्द गरेको छ । यससँगै आजदेखि लामो दुरीका सवारीमा पनि प्रतिबन्ध लगाएको छ । यससँगै काठमाडौँ छाडेर घर फर्किनेको लर्को लाग्न थालेको छ ।

बिहीबार बेलुका राष्ट्रका नाममा प्रधानमन्त्री ओलीले आज आइतबार देखि लामो दुरीका सवारीमा रोक लगाउने घोषणा गरेसँगै उपत्यका छोडेर घर फर्किनेको संख्या ह्वात्तै बढेको हो ।

पछिल्ला चार दिनमा चार लाखकै हाराहारीमा काठमाडौँबाट यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

आजपनि काठमाडौँका नयाँ वसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगाएतका ठाउँमा काठमाडौँ छाड्नेको घुँइचो लागेको छ भने त्रिभुवन विमानस्थलमा पनि घुँइचो लागेको छ ।

पछिल्लो समय काठमाडौैँबाट बाहिरिने सवारीको अभाव हुँदै गएपछि यात्रुहरु ठुलै खर्च गरेर भएपनि विमानबाटै घर फर्किन लागेका हुन् । पछिल्लो सयम सबै विमान कम्पनीहरुले भाडादर निकै बढाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *