एन्फाले आफ्ना पूर्वाधारहरु आइसोलेसनका लागि प्रयोग गर्न दिने
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशका विभिन्न स्थानमा रहेका आफ्ना पूर्वाधारहरु कोरोनाभाइरस संक्रमित वा आशंका गरिएकालाई आइसोलेसनमा राख्नको लागि प्रयोग गर्न दिने भएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै आवश्यक परेको खण्डमा अस्थायी क्वारेन्टाइन र आइसोलेसनका लागि आफ्ना पूर्वाधारहरु प्रयोग गर्न दिने जानकारी गराएको हो ।

ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टल र रौतहटको महिला फुटबल एकेडेमीको होस्टललाई नेपाल सरकार, प्रदेश सरकार या स्थानीय सरकारले प्रयोग गर्न सक्ने एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एन्फाले विज्ञप्ति मार्फत नेपाल संक्रमणको उच्च जोखिममा रहेको जनाउँदै सतर्कता पूर्वक रहन समेत आह्वान गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment