बर्मेली साहित्यकार थापाको ‘भ्रम र यथार्थ’ विमोचित
काठमाडौं। बर्मामा स्थायी बसोबास भएका नेपाली साहित्यकार कवि कथाकार तथा भाषा सेवी ज्ञानबहादुर थापा बगालेको सातौं साहित्यिक कृति ‘भ्रम र यथार्थ’ को हालै विमोचन भएको छ ।
शनिबार राजधानीमा नेपाल म्यान्मा फ्रेण्डशीप काउन्सिलद्वारा आयोजित एक कार्यक्रममा विमोचन गरिएको ज्ञानबहादुर थापा बगालेको कथा संग्रह ‘भ्रम र यथार्थ’को विषयमा लेखक ज्ञानु अधिकारीले समीक्षात्मक मन्तव्य व्यक्त गरिन् । उनले कथाकार थापाको कथा पढ्दा कुनै फिल्म हेरेको जस्तै अनुभव भएको बताएकी थिइन् ।
बर्माका साहित्यकार ज्ञानबहादुर थापा बगालेले आफ्नो किताब नेपालबाट पनिप् रकाशित होस् भन्ने चाहेको बताउँदै यस कथा संग्रह ‘भ्रम र यथार्थ’ले आफ्नो सपना पूरा भएको बताएका थिए।
पुस्तक प्रकाशन संस्था दायित्व प्रकाशनका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राडा लक्ष्मण गौतम, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, कवि कृसु क्षेत्री, डा. चिन्तामणि योगी, राधेश्याम लेकाली, देवेन्द्रनाथअधिकारी, यादव भट्टराईले बोलेका थिए।
कार्यक्रममा बर्माबाट आएका केही साहित्यकारसहित नेपाली साहित्यकारको पनि उपस्थिति थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment