कोरोना कहरः काठमाडौं उपत्यकामा देखिएका केही दृश्यहरु

धनकुमार कार्की
९ चैत २०७६ १७:५०

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड १९)को त्रासका बेला काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनहरु पातलिएका छन्।

कोरोनाभाइरसको त्रास बढेसँगै सरकारले अत्यावस्यक सेवाबाहेकका सबै कामकाजहरु बन्दगर्न निर्देशन दिएपछि उपत्यकाभित्र गुड्ने सार्वजनिक यातायातका साधनहरुमा पनि यसको प्रभाव परेको छ । अनि यस अघि खचाखच भरिएर बाटो जाम गर्ने सबारी साधनहरु अहिले भने विलय भएको आभाष हुनथालेको छ ।

सार्बजनिक बाहानमा आएको कमीसँगै सर्वसाधारणको चहलपहलमा समेत कमी आएको छ। अधिकांश सडकहरुमा भिडभाड कम भएपनि सार्वजनिक यातायात कम चलेका कारण गन्तव्यमा पुग्नका लागि बस स्टपमा सर्वसाधारणहरुको भिड लागेको छ। नयाबसपार्क क्षेत्रमा पनि उपत्यकाबाट बाहिर जाने सर्वसाधारणको अत्याधिक भिड लागेको छ।

काठमाडौंका सरकारी कार्यालयहरु मध्ये काठमाडौ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय अतिव्यस्त कार्यलय हुन्। आइतबार दिउँसो यी कार्यालयमा सेवाग्राहीहरु फाटफुट मात्र थिए। सरकारले अत्यावस्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौमा पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा अत्यावस्यक सेवाबाहेक अन्य बिभागका कर्मचारीलाई समेत प्रवेशमा रोक लगाईएको छ।
कोरोना त्रास बढेसँगै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौका रत्नपार्क, बानेश्वर र अन्य भिडभाड हुने क्षेत्रमा सर्वसाधारणलाई हात धुनका निम्ती पानीको टंकीसहितको व्यवस्था गरेको छ। यससँगै सर्वसाधारणले सतर्कता अपनाउँदै साबुन पानीले हात धोएका छन्।
यस्तै न्यूरोड र ठमेल क्षेत्रका पसलहरु बन्द नभएपनि सुनसान देखिएको छ।


यस्तै कोरोना त्रासले गर्दा भिडभाड कम भएको मौकाछोपी बिजुलीबजारस्थित आर्कब्रिजमा बिजुलीको तार बिछ्याउने काम भैरहेको छ।
उता भारतमा समेत कोरोनाभाइरसले प्रवेश गरेको समाचार संप्रेशन भएसँगै नेपाली बजारमा कृत्रिम अभाव सृजना भएको छ । फलसरुप ग्यासको अभावहुने त्रासमा ठाउँठाउँमा उपभोक्ताहरु सिलिण्डरसहित लाइनबद्ध भएको देख्न सहिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *