काँकडभिट्टा नाकामा बिहानैदेखि भारत फर्किनेको भीड

डिसी नेपाल
१० चैत २०७६ १२:२८

भद्रपुर । नेपाल सरकारले कोरोना भाइरस भित्रिने जोखिम कम गर्न आज बिहान १० बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेपछि पूर्वीनाका काँकडभिट्टामा बिहानैदेखि भारत फर्कने भारतीय नागरिकको भीड छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले आज बिहान ८ बजेसम्ममा ५०० भन्दा बढी भारतीयहरु काँकडभिट्टा नाकामा जाँच गराएर पश्चिम बङ्गालतर्फ गएको जानकारी दिए ।

आजै बिहान भारतबाट १०० को हारहारीमा नेपाली यस नाकाबाट नेपाल भित्रिएका छन् । आइतबार भारतमा जनता कफ्र्यु लगाइएका कारण भारत जान नपाएकाहरु आज बिहानैदेखि काँकडभिट्टा आएका हुन्।

नेपालका कलकारखानामा मजदुरी गर्न, व्यापार व्यवसाय गर्न र घुमफिरका लागि आएका भारतीय नागरिकहरु नाका बन्द हुनुअघि नै भारत प्रवेश गर्ने भन्दै काँकडभिट्टामा जम्मा भएका हुन् ।

विगत तीन सातामा काँकडभिट्टा नाका भएर नेपालमा ८५ हजार र नेपालबाट भारततिर ८१ हजार जनाले कोरोना हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराएर आउजाउ गरेको समेत प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *