चर्चित हेयरस्टाइलिस्ट निल डेबिडद्वारा एक महिनाकाे भाडा मिनाहा गर्ने घाेषणा

डिसी नेपाल
१० चैत २०७६ १४:०४

झापा। झापाको कन्काइ नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुर घर भएका समाजसेवी एवम् युवा ब्यवसायी तुलसा कटुवाल र उनका छोराहरु निल डेबिट र राजन कटुवालले आफ्नो लक्ष्मीपुर बजारमा रहेको मार्केटमा सटरभाडामा लिइ व्यापार गर्ने ब्यापारीलाई एक महिनाको भाडा नलिने घोषणा गरेका छन्।

कटुवाल परिवारले दुइवटा भवनमा रहेको २० वटा सटरमा चैत महिनाको करिब एक लाख बढी रकम भाडावालालाई नलिने भएका हुन् । धेरै मानिसको जनजीवन प्रभावित भई काम धन्दा गुमेको भन्दै भाडा नलिएको राजन कटुवालले बताए ।

निल डेबिट चर्चित हेयर हेयर स्टाइलिस्ट हुन्। निल डेबिटको देश तथा विदेशमा निल डेविड इन्टरनेसनल हेयरएन्ड ब्युटी सैलुनको रुपमा सञ्चालन छन्, उहाले आइतबारदेखि दर्जनभन्दा बढी नीलडेविड्स सलूनहरु आइतबारदेखि बन्द गर्ने घोषणा गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *