अत्यावश्यक काम भन्दा बाहेक घर बाहिर ननिस्किन तरुण दलको अपिल

डिसी नेपाल
१० चैत २०७६ १४:४१

काठमाडौं। नेपाल तरुण दलले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट आफू जोगिँदै अरुलाई पनि जोखाउन आग्रह गरेको छ।

तरुण दलले सोमबार एक विज्ञप्ति जारी गर्दै आवश्यक काम बाहेक अन्य कामका लागि घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसस् समाजिक दूरी कामय गर्न आग्रह गरेको हो।

तरुण दलले नेपाल बाहिर रहेका नेपाली नागरिकलाई सुरक्षित तरिकारले सोही ठाउँमा बस्न पनि अपिल गरेको छ। ‘सामाजिक संजाल, अनलाइन समाचारलगायत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनहुन सम्पूर्ण संचार माध्यमसँग अनुरोध गरिन्छ ,’ विज्ञप्तिमा भनिएको छ।

तरुण दलले सरकार र सुरक्षा निकायलाई सहयोग गर्न तरुण दल सधैं तयार रहेको जनाएको छ। उसले ठूला तारे होटलहरु बन्द अवस्थामा रहेकााले होटल संचालक निकायसँग आवश्यक सल्लाह गरी उक्त होटलहरु आइसोलेसनका लागि तयारी अवस्थामा राख्न माग गरेको छ।

विज्ञप्तिमा मास्क, औषधि, सेनिटाइजर, खाद्यान्न ग्यास लगायत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन थालेकोले यसरी कृत्रिम अभाव र कालोबजारी गर्नेहरु पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *