कोरोनाको त्राससँगै जापानमा जम्मा भयो हजारौंको भीड (फोटो फिचर)

डिसी नेपाल
१० चैत २०७६ १४:४४

काठमाडौं । कोरोना भाइरसको त्रासै त्रासमा उत्तर पूर्वी जापानमा ओलम्पिकको मशाल हेर्न हजारौको संख्यामा मानिसहरु पुगेका छन् । कोरोना संक्रमणका बीच विभिन्न देशले भीडभाड नगर्न आग्रह गरिरहेका बेला जापानमा भने हजारौं जम्मा भएका हुन् । शुक्रबार मात्रै जापान आइपुगेको मशाललाई एक सादा समाहरो बीच स्वागत गरिएको थियो ।

टोक्यो ओलम्पिक २०२० लाई विश्वभरी माहामारीको रुपमा फैलिरहेका कोरोनाको कारण स्थगित गर्ने माग पनि उठिरहेको छ । सेडाईको मियागी स्टेडियममा प्रदर्शन गरिएको उक्त मशाल हेर्न करिब ५० हजार भन्दा बढी मानिसहरु जम्मा भएका थिए । स्थानीय संचार माध्यमका अनुसार सो समारोह हेर्न मानिस हरुको ५०० मिटरको लामो लाईन रहेको थियो ।

ओलम्पिक मशाल हेर्ने हरुको भिड फोटोमा हेर्नुहोसः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *