फेसबुक मेसेन्जरमा एउटै मेसेज पाँच पटकभन्दा धेरै पठाउन नमिल्ने

डिसी नेपाल
१० चैत २०७६ १८:३९

काठमाडौं । फेसबुकमा मेसेन्जर एउटै मेसेज पाँच पटक भन्दा धेरै सेयर गर्न वा फरवार्ड गर्न नपाइने भएको छ । मेसेन्जरमार्फत झुठा सन्देशहरू फैलन नदिनका लागि यस्तो फिचर ल्याउन लागिएको जनाईएको छ। यो फिचर हालका लागि सुचारु नगरिए पनि निकट भविष्यमा फेसबुकको मेसेन्जरमा आउने छ ।

रिभर्स इन्जीनियर जेन मान्चुन ओंगले फेसबुक मेसेन्जर एपमा भएको यो फिचरको बारेमा पत्ता लगाएकी हुन्। तसर्थ चाडैं नै यो फिचर अब फेसबुक मेसेन्जरमा पनि आउन सक्ने सम्भावना रहेको छ । फेसबुकले मेसेन्जर र व्हाट्सएपमा फरवार्ड गरेको मेसेजहरूलाई फरवार्ड गरिएको मेसेज भनेर चिन्ह लगाउने गरेको छ ।

झुठा समाचारहरू भाइरल हुनका लागि मेसेन्जर जस्ता सामाजिक संजालको प्रयोग हुँदै आएको छ । झुठा जानकारीहरू भाइरल हुन नदिनका लागि यो फिचर ल्याइने भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *