‘लकडाउन’को पहिलो दिन उपत्यकामा देखिएका केही दृष्य (फोटोफिचर)

डिसी नेपाल
११ चैत २०७६ १६:४२

काठमडौं । सरकारले अख्तियार गरेको ‘लकडाउन’को पहिलो दिन दिउसो पनि राजधानी शान्त देखिएको छ । उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सहरहरु बन्द छन् ।

नेपालको एकमात्र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पनि सुनसान रहेको छ । सरकारले सुरक्षा निकायले प्रयोग गर्दै आएका र अनुमति पाएका बाहेकका व्यवसायिक उडानहरु बन्द गरेपछि विमानस्थल सुनसान भएको हो ।

सडकमा मानिसहरु छैनन् । केही फाट्टफुट्ट मोटरसाइकलहरु चलेको देखिन्छ । प्रहरीले मोटरसाइकल चालकहरुलाई सम्झाएर घर पठाउने गरेको छ । काठमाडौंको न्यूरोड, असन लगायतका बजारहरु पूर्ण रुपमा बन्द छन् । उपत्यकामा तरकारीको आपूर्ति हुने प्रमुख बजार कालिमाटी फलफूल तथा तरकारी बजार पनि बन्द छ ।

सामाजिक सम्पर्क रोकेर भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिने विश्व स्वास्थ्य संगठनकोे सुझाव भएपछि विश्वका अधिकांस मुलुकहरुले ‘लकडाउन’को नीति अख्तियार गरेका छन् ।

 

त्यसैले, नेपाल सरकारले पनि उक्त नीतिलाई अबलम्बन गरेको छ । जसले गर्दा मंगलबार बिहानै देखि सडकहरुमा अत्यावश्यक सेवाका साधनहरु मात्रै सञ्चालन भएको देखिन्छ । सडकका चोकचोकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ ।

लक डाउन भनेको औषधि उपचार, खाद्य वस्तु खरिद लगायत अत्यावश्यक कामका लागि बाहेक बाहिर ननिस्कन सरकारले गरेको आदेश हो । सरकारले कोरोना भाइरसको संक्रमण भएका बिरामी फेला परेपछि संक्रमणलाई थप फैलिन नदिनका लागि ‘संक्रामक रोग ऐन २०२०’ अनुसार लक डाउनको नीति अख्तियार गरेको हो । सरकारले दिएको आदेशलाई नागरिकले पालना गरेको देखिन्छ ।

सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजे सम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *