पूरा भारत २१ दिनसम्म लकडाउन

डिसी नेपाल
११ चैत २०७६ २०:४४
4
Shares

नयाँ दिल्ली (एजेन्सी)। पूरा भारत लक डाउन घोषणा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै मंगलबार राती १२ बजेबाट लागु हुने गरी २१ दिनसम्म पूरा भारत लक डाउन गरिने घोषणा गरेका हुन्।

यसअघि भारतका विभिन्न राज्यहरुले आफूू अनुकुल लक डाउन गरे पनि पूरा भारत लकडाउन घोषणा गरिएको थिएन।

भारतमा कोरोना भाइरसका कारण मंगलबार बेलुकासम्म १० जनाको मृत्यु भएको छ। यस्तै ५४८ जना संक्रमित भएको पुष्टि भएको छ। भारतका प्रायः राज्यहरु कोरोना प्रभावित देखिएपछि केन्द्र सरकारले पूरा भारत लकडाउन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लक डाउन एक किसिमको क्रफ्यू नै भएको बताएका छन्। उनले लक डाउनको २१ दिनसम्म घर बाहिर ननिस्कनसमेत नागरिकहरुमा अपील गरेका छन्। उनले कोरोनाबाट बच्न सोसियल डिस्टेन्स मेन्टेन गर्नुको विकल्प नभएकोसमेत बताएका छन्।

भारतले मंगलबारदेखि लकडाउन गरे पनि नेपालमा भने सोमबार रातीदेखि लकडाउन शुरु भएको छ। नेपालमा ७ दिनका लागि लकडाउन गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *