‘लकडाउन’को दोस्रोदिन उपत्यकाको दृष्य ( फोटो फिचर)

डिसी नेपाल
१२ चैत २०७६ १६:५७

काठमडौं । कोरोनाभाइरस (कोभिड–१९)ले विश्वभरी महामारीको आतंक फैलाइ रहदा नेपालमा पनि ३ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना मध्य १ जना संक्रमणबाट मुक्त भएको र २ जनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

नेपालमा कोरोनाको संक्रमण देखिन थालेपछि सरकारले चैत्र ११ गते विहान ६ बजेदेखी नेपाल ‘लकडाउन’को घोषणा गरेको छ । नेपाल ‘लकडाउन’को दोस्रो दिन पनि काठमाडौं उपत्यका सुनसान नै देखियो । घरबाहिर निस्केपछि नेपाल प्रहरीले सुझाइबुझाई गरी घर फिर्ता गरिरहेको देखिन्थ्यो भने कतिपय ठाउँहरुमा अटेर गर्नेलाई कारवाही गरेको पनि प्रहरीले जनाएको छ ।

काठमाडौंका मुख्यस्थानहरु रत्नपार्क एरिया, दरवारमार्ग क्षेत्र, नयाँबानेश्वर, थापाथली, पशुपतिक्षेत्र सबै ठाँउहरुमा मान्छेहरु भेटिदैन थिए । हेर्नुहोस् नेपाल ‘लकडाउन’को दोस्रोदिन काठमाडौं उपत्यकाको दृष्यहरु

फोटो : रमण मानन्धर / डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *