रोजर फेडररले स्विजरल्याण्डका मानिसहरूलाई सहयोग गर्न १ मिलियन डलर दान गरे

डिसी नेपाल
१३ चैत २०७६ १०:५९

काठमाडौं । अनुभवी टेनिस खेलाडी रोजर फेडररले बुधबार कोरोना भाइरस बाट संकटग्रस्त आफ्नो देश स्विजरल्याण्डका मानिसहरूलाई सहयोग गर्न १० लाख भन्दा बढी सहयोग गरेका छन । २० पटकको ग्रान्ड स्ल्याम च्याम्पियन फेडरर र उनकी श्रीमतीले यस संकटको समयमा १० लाख स्विस फ्र्यान्क लगभग १० लाख २० हजार डलर सहयोग गरेका छन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूटीओ) को आधिकारिक तथ्याङक अनुसार स्विट्जरल्याण्ड विश्वमा कोरोना भाइरस संक्रमित देशहरु मध्ये नवौं स्थानमा रहेको छ। स्विस स्वास्थ्य मन्त्रालयका अनुसार कोभिद १९ का कारण स्विट्जरल्याण्डमा आठ हजार आठ सय मानिस संक्रमित भएका छन् भने सोमबारसम्म ८६ जनाको मृत्यु भएको छ ।

विश्व वरियतामा चार नम्बरमा रहेका ३८ वर्षीय रोजर फेडररले इन्स्टाग्राममा लेख्दै भनेः यो सबैका लागि चुनौतीपूर्ण समय हो र कोही पनि पछि नपरुन, मिर्का र मैले स्विजरल्याण्डका अति असुरक्षित परिवारहरूलाई व्यक्तिगत रूपमा एक मिलियन स्विस फ्रान्क दान गर्ने निर्णय गरेका छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *