विश्वकप लिग–२ः नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज स्थगित

डिसी नेपाल
१३ चैत २०७६ १६:५६

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने दोस्रो चरणको सिरिज स्थगित भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नामिबियामा हुने सातौं चरणको सिरिज स्थगित भएको जनाएको छ ।

सिरिजमा नेपाल सहित घरेलु टोली नामिबिया र स्कटल्याण्ड सहभागी हुने तय थियो । आईसीसीले विज्ञप्ति जारी गर्दै जुन ३० भन्दा अघि रहेका सबै प्रतियोगिता सरेको जानकारी दिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सबै प्रतियोगिता सारिएको आईसीसीले जनाएको छ ।यसअघि, लिग–२ अन्तर्गत दोसो तथा सातौं चरणको खेल अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तालिकामा उल्लेख थियो ।

आईसीसीले सातौं चरणको लिग सेप्टेम्बरमा हुने बताएको छ । तर, मिति भने केही समय पछि नै घोषणा हुनेछ । यस्तै लिग–२ अन्तर्गतकै पपुपा न्युगिनीमा हुने तय भएको नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज समेत स्थगित भएको छ । सिरिज ९ देखि १६ जुनसम्म हुने तालिका रहको थियो ।

यसअघि छैटौं चरणको लिग समेत कोरोनाको प्रभावका कारण सरेको थियो । लिग–२ प्रतियोगिता सन् २०२३ विश्वकप छनोट प्रतियोगितामा पुग्ने सुनौलो अवसर हो । जहाँ ७ राष्ट्रले ३४ एकदिवसीय अन्तराष्ट्रिय म्याच खेल्ने गर्छन् । तालिकाको शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । नेपालले एक सिरिजमा ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *