९० रनमा गयाे २० विकेट, एकै बलरले लिए १५ विकेट, १४ ब्याट्सम्यानलाई गरे बोल्ड

डिसी नेपाल
१३ चैत २०७६ १८:३४

काठमाडौं । भनिन्छ, क्रिकेट एक अनिस्चितताको खेल हो । यो खेलमा कतिबेला के हुन्छ कहाँ कतिबेला कुन रेकर्ड बन्छ कसैलाई थाहा हुँदैन । क्रिकेट मैदानमा धरैजसो यस्ता घटनाहरु हुन्छन जसलाई विश्वास गर्न गाह्रो हुन्छ । क्रिकेटलाई हिजोआज ब्याट्सम्यान को खेल भनिन्छ तर कुनैबेला क्रिकेटमा बलरहरुले जादू देखाउथे र टिमको हारजित पनि बलरकै हातमा हुन्थ्यो ।

आजभन्दा करीब १३१ बर्ष पहिले टेस्ट क्रिकेटमा एउटा अचम्मको घटना घटेको थियो जुन पत्याउन एकदमै गाह्रो हुन्छ । सन १८८९ मार्च २५ का दिन केपटाउनको न्युल्यान्ड मैदानमा साउथ अफ्रिका र ईङल्यान्ड बिच टेस्ट क्रिकेट भएको थियो । ईङल्यान्डले पहिलो पारीमा २९२ रन बनायो र त्यसपछि उक्त खेलमा रमाईलो घटना घट्यो । साउथ अफ्रिका को टिम पहिलो पारीमा मात्र ४७ रनमा समेटियो र अर्को पारीमा ४३ रन मात्र बनाउन सक्यो । अफ्रिकी टिमको २० विकेट मात्र ९० रन समेटिएको थियो । अचम्मको कुरा के थियो भने साउथ अफ्रिकाको १९ विकेट एक दिनमै आउट भएको थियो ।

Johnny Briggs

अफ्रिकी टोलीलाई धरासायी बनाउन ईङल्यान्डका बायाँहाते स्पिनर जोनी ब्रिग्सले केपटाउनको न्युल्यान्ड मैदानमा तहल्का मच्चाएका थिए । उनले उक्त खेलमा कुल १६ ओभर मेडन फाल्दै २८ रन दिएर १५ विकेट लिएका थिए । बायाँहाते स्पिनर ब्रिग्सले पहिलो पारीमा १९.१ ओभर फाल्दै १७ रन दिएर ७ विकेट लिए भने दोस्रो पारीमा ११ रन दिएर ८ विकेट लिएका थिए । स्पिनर भएपनी ब्रिग्सले १५ विकेट लिने क्रममा १४ बोल्ड आउट गरेका थिए ।

जोनी ब्रिग्सले ईङल्यान्डका लागी ३३ टेस्टमा कुल ११८ विकेट लिएका छन । उनी टेस्ट क्रिकेटमा १०० विकेट लिने पहिलो व्यक्ति पनि बनेका थिए । ब्रिग्सले टेस्ट क्रिकेटमा एक सतक र दुई अर्धसतक प्रहार गरेका छन । ब्रिग्सको फर्स्टक्लास क्रिकेट करियर पनि एकदमै शानदार रहेको छ । फर्स्टक्लास क्रिकेटमा उनले ५३५ खेलमा २२२१ विकेट लिदै १ लाख १ सय ४४ बल फालेका थिए । फर्स्टक्लासमा ब्रिग्सले एक पारीमा १० विकेट लिने रेर्कड पनि बनाएका छन उनले एक पारीमा २ सय पटक ५ विकेट र ५२ पटक १० विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *