कोरोनाको कारण दक्षिण अफ्रिकी फुटबलरको मृत्यु

डिसी नेपाल
१३ चैत २०७६ १९:०६

काठमाडौं । कोरोनाभाइरसको कारण अफ्रिकी फुटबलर मृत्यु भएको छ। दक्षिण अफ्रिका फुटबल संघ र सोमाली फुटबल माहासंघले सोमालियाको पूर्व खेलाडी अबदुल कादिर मोहम्मद फरानको कोरोनाको कारणले मृत्यृ भएको पुष्टि गरेको छ ।

मंगलबार फरानको उत्तर पश्चिम लन्डनमा ५९ बर्षको उमेर कोरोना भाईरस संक्रमण भएर मृत्यृ भएको हो। उनी सोमालिया सरकारका युवा तथा खेल मन्त्रालयमा सल्लाहकार का रुपमा कार्यरत रहेका थिए । उनको जन्म बलेडवेन शहरमा १५ जनवरी १९६१ मा भएको थियो । उनले पहिलो पटक सन् १९७६ मा राष्ट्रिय टिमका लागी खेलेका थिए । कारोना भाईरसको कारण मृत्यृ हुने उनी पहिलो अफ्रिकन फुटबलर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *