यस्तो बिजोग छ कोरोना उपचार गर्ने अस्पतालको, चिकित्सकहरुलाई पशुपतिनाथको भर !

डिसी नेपाल
१३ चैत २०७६ १९:२४

काठमाडौं। सरकारले कोभिड– १९ (कोरोना भाइरस) संक्रमणका लागि डेडिकेडेट अस्पताल तयार गरेको बताए पनि ती अस्पतालमा विरामी भर्ना भने भएका छैनन् । सशस्त्र प्रहरी बलको कल्याणकारी कोषले सञ्चालन गरेको बलम्बुस्थित अस्पताललाई सरकारले डेडिकेडेट अस्पताल भनेको छ । तर हालसम्म सशस्त्र प्रहरीले त्यहाँ विरामी लिन मानिरहेको छैन । आफ्नै एक हजार विरामी रहेको र तीन वटा कार्यालय त्यहीबाट सञ्चालन गर्नुपरेका कारण कोरोनाको उपचारका लागि केही दिन लाग्ने जनाएको छ । सशस्त्र प्रहरीले पूर्वाधार निर्माणमा केही दिन लाग्ने जनाएको छ । त्यसपछि मात्रै त्यहाँ आइसोलेशनमा राखिने विरामी लैजान मिल्ने जनाएको छ ।

त्यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा केही विरामीहरु छन् । त्यहाँ रहेका दुई जना विरामी संक्रमित छन् भने अन्य विरामी आइसोलेशनमा छन् । उनीहरुले आइसोलेशनमा भएकालाई चिकित्सकहरुले उपचार गरिरहेका छन् । केही सीमित चिकित्सकमात्रै विरामी भएको स्थानमा पुग्ने गरेका छन् । एउटै सामाग्री दुइ जनाले बाँडेर लगाउनु पर्ने अवस्था छ ।

साँच्चै टेकुको अवस्था हेर्ने हो भने भगवना भरोसा मात्रै हो अर्को कुनै सुरक्षित उपाए देखिदैन । त्यहाँ कार्यरत कर्मचारी उपकरण र सामाग्री अभावमा निन्याउरो अनुहारमा काम गर्न बाध्य भएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित व्यक्तिको उपचारका लागि २४ आइसीयू बेड तयार गरेको छ । त्यस्ता बिरामीलाई छुट्टै राखेर उपचार गर्न आइसोलेशनका ३० र क्वारेन्टाइनका लागि ४५ बेड तयार गरिएको छ । तर विरामी भर्ना भएका छैनन् ।

संक्रमित व्यक्तिको उपचार गर्ने स्वास्थ्यकर्मीहरुले लगाउने पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पीपीई) निर्माणमा त्यहीँकै चार कर्मचारीले काम गरिहेको छन् । उपचारमा संलग्न सबै कर्मचारीका लागि क्वारेन्टाइन, खाना र बस्नका लागि भिन्नै व्यवस्था गरिएको पाटनले अस्पतालले जनाएको छ ।

यसअघि कोरोना संक्रमितको मुख्य उपचार हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगलाई यो संकटको अवधिमा माध्यम अस्पतालका रुपमा प्रयोग गरिने थियो । त्यहाँपनि उपचारका लागि चाहिने आवश्यक सरसामान छैनन् ।

टेकु अस्पतालमा संक्रमितको आशंकामा जाँच गर्नेहरुको संख्या ह्वात्तै वृद्धि हुन थालेपछि मन्त्रालयले पाटनमा उपचार गर्ने व्यवस्था मिलाउन लागेको हो ।

त्यस्तै पोखरामा रहेको लेखनाथ सामुदायिक अस्पताललाई कोरोना संक्रमितहरुको उपचारका लागि तयार गरिएको छ । त्यहाँ नाम मात्रको अस्पताल भएकाले चिकित्सकहरु त्यहाँ जानसमेत डराएका छन् । चितवनको भरपुर अस्पताललाई अस्थायी कोरोना संक्रमित उपचारका लागि तयार गरिएको भए पनि सो अस्पतालले अहिलसम्म विराम लिन मानेको छैन, त्यहाँ विवाद भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि खटाइएका स्वास्थ्यकर्मी आवश्यक सामग्रीको अभाव झेल्न बाध्य छन् । ‘हामी काठमाडौं रहेका स्वास्थयकर्मीको अवस्था त यस्तो छ भने जिल्लाका स्वास्थ्यकर्मी पीपीई (पर्सनल प्रोटेक्टिम इक्वीपमेन्ट) लगायतका आवश्यक सामग्री अभावका बीचमा बिरामीको स्वास्थ्य चेकजाँच तथा आवश्यक परामर्शका काममा कसरी खटिइरहेका होलान’, टेकु अस्पतालका एक नर्सले भनिन् । उनका अनुसार हालसम्म मास्क र ग्लोव्सको भरमा काम गरिरहेका छन् ।

स्वास्थ्यकर्मीहरुले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र हेल्थ डेस्कबाट सेवा प्रवाह गरिरहेका छन् । पीपीई नलगाइ स्वास्थ्य जाँच गर्दा सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई नै भाइरस सर्ने खतरा भएकाले सचेत रहनुपर्नेमा सरकारले अहिलेसम्म पीपीईसम्म पुर्याउन सकेको छैन ।

सरकारले देशका कुनै पनि भागमा पीपीई पठाउन सकेको छैन । केही दिन अघि ६ वटा प्रदेशलाई केही पीपीई पठाए पनि हात्तिको मुखमा जीरा भनेजस्तै भएको छ । सरकारले यसबारेमा लकडाउन अघि स्वास्थ्य उपकरणको बारेमा कुनै पनि तयारी नगरेका कारण यस्तो अवस्था आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सरकारले लकडाउन गर्दा जति स्यावासी पाए पनि स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउनुपर्ने सामाग्रीप्रति वेवास्था गर्ने हो भने त्यसको मुल्य ठूलै चुकाउनु पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । ‘नेपाल जस्तो मुलुकमा सबै खाले विरामीहरुलाई एकै अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्था त्यसमाथि सुरक्षित उपकरण र औषधिको व्यवस्थापन छैन यसरी कति दिन काम गर्न सकिन्छ’, एक स्वास्थ्यकर्मीले भने ।

कोरोना भाइरस उपचारका लागि सरकारले आइतबार मात्रै आवश्यक सामाग्रीहरु वितरण गर्ने जनाएको छ । शनिवार चीनबाट आवश्यक सामाग्री आइसकेपछि मात्रै आइतबार हेलिकोप्टरमार्फत ती समान वितरण हुने सरकारको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *