अमेरिका बन्यो संसारमै सबैभन्दा बढी कोरोना संक्रमित भएको मुलुक

डिसी नेपाल
१४ चैत २०७६ ११:४२

वासिंगटन डिसी । संयुक्त राज्य अमेरिका विश्वका सबै मुलुकहरुभन्दा बढी कोरोना भाइरस संक्रमित हुने मुलुक बनेको छ ।

चीनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमण अमेरिकामा प्रवेश भएको धेरै समय भएको छैन तर यसको फैलावट भने अत्याधिक छिटो गतिले भएको छ ।

तथ्यांकअनुसार, मार्च २६ तारिक विहीबार अपरान्हसम्ममा कोरोना भाइरसबाट संक्रमित अमेरिकीहरुको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । जुन चीनको भन्दा

२ हजार ३ सय ८७ जनाले बढी हो । चीनमा आजसम्म संक्रमितको संख्या ८१ हजार २ सय ८५ छ । नयां संक्रमणको दरका हिसाबले अमेरिकामा यो भाइरस यति छिटो फैलिएको छ कि २६ तारिक सांझसम्ममा १३ हजार ६ सय ८५ नयां केसहरु थपिएका छन् । न्यूयोर्क शहर अमेरिकामा सबैभन्दा बढी संक्रमित भएको शहर भएको छ ।

चीनमा संक्रमणको दर निकै कम छ । आज चीनमा ६७ वटामात्रै नयां संक्रमणका केसहरु आएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकी संचारमाध्यमहरुका अनुसार, आजसम्म ११ सय ७६ जनाले यो संक्रमणका कारण अमेरिकामा ज्यान गुमाइसकेका छन् भने सबैजसो राज्यहरुमा यो भाइरसको संक्रमण फैलिइसकेको छ ।

भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुमा इटाली अगाडि छ । यहां ८ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ४ हजार १ सय ५४ जनाको देहावसान भइसकेको छ । चीनमा भने हालसम्म ३ हजार २ सय ८७ ले ज्यान गुमाएका छन् ।




प्रतिक्रिया

One thought on “अमेरिका बन्यो संसारमै सबैभन्दा बढी कोरोना संक्रमित भएको मुलुक

  1. Europe को धनी धनी देशहरुमा ( UK , Germany , Norway , Switzerland ) , त्यही देशको नागरिकहरु भन्दा धेरै धेरै अरु देश को कुइरे कुरेनि हरुले हस्पीटलमा काम गर्छन। त्यस्तो कुइरे , कुइरेनि हरुले हो मान्छे बेचने। बीजुला ४२० खराब। तीनिहरुले मान्छे मारने कुनै नौलो कुुरा होईना। (1) सब भन्दा खराब नै अरु देशको कुइरे , कुरेनि हरु। तिनिहरु हेर्दा कुइरे , कुइरेनि नै जस्तो देखिने ,तर तिनि हरु 3rd class eupopien हरु south american हरु। (२) Medical , Medicien सेक्टरमा , मान्छे मार्नु भनेको , धेरैलाई थाह नै हुदैन। बीजुला ४२० कुरेनि हरु , यिनीहरुलाई जे गरे पनि हुन्छ , यिनीहरुले केहि गर्ने सक्दैनन भनेर त्यस्तै गर्छन :- तपाईंहरुले भन्नु होला कानून छ :- कानून त २ नंबरमा आउने कुरो भयो :- यदि त्यो मान्छेको , मान्छेहरु शक्तिशाली भए , कानून पनि पैसा नै हो :- मान्छे मारदेको छ , उता अर्को खर्च गर्नपर्छ :- जो पायो तेहि र कमजोर पक्षले केहि गर्नेै सक्दैना :- आफै मरेकै हो भनेर चुप चाप लास बुझने हो । (3) अहिले बिदेशमा , बिदेशकै मान्छेहरुले मान्छे मारने एकदम धेरै छ। त्यस्तो बीजुला ४२० कुइरे कुइरेनिहरुसंग , सम्बंधित देशको नागरिकता पनि हुन्छ कुनै कुनै संग । (4) कुइरे कुरेनि जस्तो देखिये पनि एकदमै चोर :- Europe को धनी धनी देशहरु को नागरिकता बनाउने पनि , बेचन को लागि। घुस , चोरेर , अनेक तिकड़म गर्छन। नेत्र भने , Real नागरिक ब्रिटिश हरु , जर्मन हरु , नर्वेजियन हरु एकदम एकदम नै राम्रो हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *