‘लकडाउन’को चौंथो दिन : कोलाहल र हुलहुज्जतको प्रतिक्षामा काठमाडौंका सडकपेटी (फोटो फिचर)

डिसी नेपाल
१४ चैत २०७६ १६:४७

काठमाडौं । यतिबेला काठमाडौंका सडकहरु आफ्नो छातिमा सवारी साधन गुड्ने प्रतिक्षा गरिरहेका छन् । दैनिक लाखौं सवारी साधन र मान्छेहरुले स्पर्ष गरिरहेका सडकहरु आजभोलि भने कञ्चन देखिन्छन् । सडक पेटीहरु आजभोलि दुलाहाको प्रतिक्षामा श्रिङ्गारिएर बसेकी दुलही जस्तै लाग्ने गर्छन् ।

 

कोरोनभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले गरेको नेपाल ‘लकडाउन’को चौंथो दिन आज पनि सडकपेटी खालि खालि लागिरहेका थिए । अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधन सडकमा नआउँदा र मान्छेहरु घरबाहिर ननिस्किदा उराठ लाग्दा देखिन्छन सडकहरु ।

चोक–चोकमा सिट्ठी बजाएर सवारी साधनलाई बाटो निर्देश गरिरहने ट्राफिक पुलिसहरुपनि हातमा ‘प्लेकार्ड’ बोकेर बसेको देखिन्छ । भ्याइ नभ्याइ हुने ‘डिउटी’मा मुसुक्क मुस्कुराउने, झनक्क रिसाउने प्रहरी दाजुभाइहरु आजभोलि निरास देखिन्छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *