सरकारले कोरोनाबारे जानकारी दिन आजदेखि नयाँ वेब सञ्चालनमा ल्याउँदै

डिसी नेपाल
१५ चैत २०७६ ७:५९

काठमाडौँ । नेपाल सरकारले (कोभिड १९) नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, सूचना र ज्ञान सीप आदान प्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।

डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थयकर्र्मी तथा स्वास्थ्यक्षेत्रमा आवद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।

‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको बिषयमा जानकारीहरु ल्याइरहेको छ। यसैगरी सरकारले यस वेवसाइट मार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ’ उनले भने।

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ । डाँफे हेल्थ डकटकम लग इन गरे पछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वाथ्यर्कीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचना मात्र हुने बताए । पोर्टल लञ्च गर्न सबै तयारी पुरा भएको बताएका आजै पोर्टल लाइभ हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *