स्मार्टले ‘लकडाउन’ अवधिका लागि ल्यायो विभिन्न सेवाहरु
काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरु ल्याएको छ।
यस संवेदनशील घडीमा ग्राहकहरु अत्यावश्यक काम बाहेकका लागि घर बाहिर निस्कन नहुने आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न अतिरिक्त सेवाहरु ल्याएको हो।
स्मार्ट टेलिकमको यस प्रयास अनुरुप अब ग्राहकहरुले २० जीबीको डाटा प्याक मात्र रु. ३ सय ९९ (कर बाहेक) मा प्राप्त गर्न सक्नुहुनेछ । उक्त डाटा प्याक ३० दिनको लागि मान्य हुनेछ । यसको अतिरिक्त, स्मार्ट प्रयोगकर्ताहरुले हरेक डाटा प्याकको खरिदमा डबल डाटा प्राप्त गर्न सक्ने सुविधा पनि रहेको छ ।
साथै, यस लकडाउनको अवधिभरि हरेक रु. सय वा बढीको रिचार्जमा विभिन्न टकटाइम, एसएमएस तथा डाटा बोनस स्वरुप प्राप्त गर्न सक्नुहुनेछ।
ब्यालेन्स रु. १ भन्दा कम भएमा अब ग्राहकहरुले ८१२९८४०३ डायल गरी रु. ४० को स्मार्ट लोनसमेत लिन सक्नुहुनेछ।
प्रयोगकर्ताहरुलाई अत्यावश्यक काम बाहेकका लागि घरबाट बाहिर ननिस्कन प्रेरित गर्न स्मार्टले घरैबाट मोबाइल टपअप पनि गर्ने सुविधा पनि उपलब्ध गराएको छ।
यो सुविधा सम्भव बनाउन स्मार्टले इसेवा, खल्ती, पे प्वाइन्ट तथा इनेट पे जस्ता अनलाइन पेमेन्ट एपहरुसँग समन्वय गर्दै आएको छ, भने ग्राहकरुले उक्त एपहरुमार्पmत घरैबाट रिचार्ज गर्न सकिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment