टोकियोमा आजबाट एकहप्ता अस्पताल वा खाध्यान्नको लागिमात्र निक्लन सूचित

डिसी नेपाल
१५ चैत २०७६ ११:०९

 टोकियो, जापान अमेरिका सहित युरोपियन देशहरुमा बुलेट ट्रेनको गतिमा फैलिरहेको कोभिड १९ लेजापानमा लोकल ट्रेनको गति समाउन थालेको

राजधानी टोकियोमा ४० सहित एकैदिन जापानमा सयजना बढी कोरोना संक्रमितभेटिएका छन्

जापानमा एकैदिन संक्रमितको संख्या सय नाघ्दा टोकियोमा संक्रमणले लगातारतिनदिन ४० कटाएको

यो संगै टोकियोमा मात्र संक्रमितको संख्या सय नाघेको

टोकियोकै गति समाउदै अन्य प्रिफेक्चरहरुमा समेत संक्रमण बढ्दो क्रममा रहेकोतथ्यांकले देखाएको

बुधवारनै संक्रमण बढ्दो पाएपछी आकस्मिक पत्रकार सम्मेलन गरेकी टोकियोकी गभर्नरकोइकेले बिहीवार प्रधानमन्त्रि आबेलाइ भेटेकी थिइन् कोरोनाको गतिसंगै सक्रियताबढाएकि कोइकेले छिमेकका प्रिफेक्चरहरुसँग समेत सहकार्य बढाएकि छिन्

यही गतिलाई तिब्रता दिदै टोकियो गभर्नर कोइकेले शुक्रबार राती फेरी पत्रकार सम्मेलनडाकेर नयाँ अनुरोधात्मक सूचना जारी गरेकी छिन्

अत्यावस्यक बाहेक घर बाहिर ननिस्कन गरेको अनुरोध अटेरी गरेपछी कोइकेलेटोकियोवासिलाई किटानी गरेरै अस्पताल वा खाध्यान्न बाहेक घर बाहिर ननिस्कन बिशेषअनुरोध गरेकी हुन

कोरोनाको जोखिम रहेको अवस्थामा समेत साकुराका पार्कमा भिड लाग्ने, बजारमाअनावश्यक घुम्न हिंड्ने होटल रेस्टुरेन्टमा जमघट उस्तै रहेको प्रती कोइकेले असन्तुस्टीपोखेकी छिन्

आज अर्थात मार्च २८ बाट अप्रिल तारिख सम्म उपचार खाध्यान्नको लागि बाहेक घरबाहिर ननिस्कन सचेत गराउदै टोकियो महानगर गभर्नर कोइकेले भनेकी छिन्-‘अहिलेकोरोना भाईरस फैलने क्रम बिस्फोट हुने अवस्थामा पुगेको , त्यसैले एक हप्ता गरमैबस्नुस् साकुरा अर्को बर्ष पनि फुल्छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *