नेपालमा कोरोनाभाइरसबाट संक्रमित चौथो व्यक्ति संक्रमित पुष्टि हुनुअघि कहाँ–कहाँ पुगे ?

डिसी नेपाल
१५ चैत २०७६ ११:११

काठमाडौं। नेपालमा काठमाडौं उपत्यकाबाहिर पुनि कोरोनाभाइरस संक्रमित भेटिएका छन् । हिजो धनगढीमा एक नेपालीमा कोरोनाभाइरस संक्रमणको पुष्टि भयो । यससँगै उनी नेपालभित्र कोरोना पोजेटिभ देखिने चौथो व्यक्ति बनेका छन् । उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका भएको बताइको छ ।

३४ वर्षका ती नेपाली पुरूष दुबईबाट आएका हुन् । उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । उनीमा संक्रमणको पुष्टि भएसँगै उनी नेपाल आएपछि कहाँ कहाँ पुगे भन्ने विषयमा धेरैको चासो बढेको छ । उनले अरुमा पनि संक्रमण सारेको हुन सक्ने आशंकामा यसतर्फ चासो दिइएको हो ।

उनी फ्लाइ इमिरेट्सको ईके ०१५० नम्बरको उडानबाट दुबईबाट दिल्ली आएर दिल्लीबाट काठमाडौं आएका थिए । काठमाडौं आएपछि उनी बुद्ध एयरको जहाजमा नेपालगञ्ज गए । त्यसपछि उनी नेपालगञ्जबाट महेन्द्रनगर जाने माइक्रोबसमा अत्तरिया गएका थिए । अत्तरियाबाट धनगढी घरमा गएका उनी कस्तो वपारीमा गए भन्ने खुलेको छेन । घरमा गएपछि उनले आफन्त र नातागोतासँग भेटघाट गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *