उपचार कोषमा निजामती कर्मचारी संगठनको पाँच लाख

डिसी नेपाल
१५ चैत २०७६ १३:२२

काठमाडौं। नेपाल निजामती कर्मचारी संगठनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख जम्मा गर्ने निर्णय गरेको छ।

संगठनले एक विज्ञप्ति निकाली विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका विरुद्ध प्रतिरोध गर्न नेपाल सरकारले खडा गरेको कोषमा संगठनका तर्फबाट पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको उल्लेख छ।

संगठनले सो विज्ञप्ति मार्फत उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने पीपीइको पनि ब्यबस्था गरेर मात्र कार्यस्थलमा खटाउन माग गरेको छ।

त्यसका साथै जनचेतनामूलक कार्यमा लाग्न सरकारले आह्वान गरेमा संगठनका सदस्यहरू तत्पर रहेको पनि जनाएको छ।

सरकारले गरेको यो लकडाउन मेरो लागि हो भन्ने सम्झी जीवनप्रति खेलबाड नगरी पालना गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारी यथा जनसमूदायहरूमा अपिल समेत संगठनले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *