‘पाल्पाली जनप्रतिनिधिले पीपीइ दुरुपयोग गरेको भनी चलाइएको हल्ला झुटो’

डिसी नेपाल
१५ चैत २०७६ १३:३२

तानसेन। कोरोनाभाइरस रोकथामका लागि पाल्पा जिल्लालाई सहयोग गरिएको पीपीइ प्याकेटबाट पाल्पाका जनप्रतिनिधिले ५ थान मास्क झिकेको भन्दै सामाजिक संजालमा फैलाइएको खबरको पाल्पाका जनप्रतिनिधिले खण्डन गरेका छन् । उनीहरुले यो खबर झुटो भएको बताउँदै यस प्रकारका सामग्रीको वितरण अधिकार समेत आफूहरुमा नरहेको प्रस्ट पारेका छन् ।

पाल्पाका प्रदेशसभा सदस्यहरु नारायणप्रसाद आचार्य, वीरबहादुर राना, तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले आज एक विज्ञप्ति प्रकाशित गर्दै सामाजिक संजालमा फैलाइएको भ्रमपूर्ण हल्लाको पछि नलाग्न सर्वसाधारणलाई अपिल सकेत गरेका छन् ।

उनीहरुले प्राप्त सामग्री वितरणको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले गरिरहेको प्रस्ट पार्दै यसप्रकारका भ्रामक हल्ला फैलाउनेलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशानसमक्ष आग्रह सकेत गरेका छन् ।

विज्ञप्तिको पूर्ण पाठ –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *