एपीएफ टोलीद्वारा सालको गोलिया काठसहित पक्राउ

डिसी नेपाल
१५ चैत २०७६ १८:५८

पर्सा। पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट शनिबार एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षीय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको उक्त सालको गोलिया काठसहित निज साहलाई सशस्त्र प्रहरी बल नेपाल सरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई एपीएफ टोलीले बरामद सालको गोलिया काठसहित आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *