बसमार्फत १४८ विदेशी पर्यटक काठमाडौँ पठाइयो

डिसी नेपाल
१५ चैत २०७६ २०:५३

पोखरा । लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटक शनिबार बसमार्फत काठमाडौँं पठाइएको छ । लकडाउनसँगै होटेल तथा रेष्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई काठमाडाँैंसम्म पु¥याउन पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले स्थानीय प्रशासनसँग पहल गरेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार अधिकांश विदेशी राष्ट्रका राजदूतावासमार्फत आफ्ना देशका नागरिकलाई काठमाडाँैंसम्म पु¥याउने व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पहल गरिरहेका छन् । फ्रान्सलगायतका केही देशले यसअघि नै हवाईजहाज चार्टर गरेर पोखराबाट काठमाडौँ लगिसकेका छन्।

शनिबार सातवटा सवारी साधन तीन ठूला र चार सानामार्फत पर्यटकलाई काठमाडौँ पठाइएको नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए। शनिबार अधिकांश पर्यटकलाई काठमाडौँ पठाइएको बताउँदै उनले बाँकी रहेका पर्यटकलाई पनि स्थानीय प्रशासनसँगको पहलमा पठाइने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *