सनराइज बैंकद्वारा व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण

डिसी नेपाल
१५ चैत २०७६ २०:५९

काठमाडौं । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र नर्सका लागि कोरना भाइरसको उपचारमा आवश्यक पर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) २५/२५ थान प्रदान गरेको छ ।

बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त पिपिई वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी र शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालमा डा सुशील शर्मालाई शनिबार हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सरहानीय रहेको बताउँदै आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको उल्लेख गरे । सनराइज बैंकले सातै प्रदेशमा सक्दो पिपिई सहयोगस्वरुप प्रदान गर्ने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *