मकाउका मनकारी नेपालीद्वारा माक्स सहयोग

डिसी नेपाल
१६ चैत २०७६ ९:१५

मकाउ, चीन । चीनको मकाउमा रहेका नेपाली समाजसेवीहरुले सात हजार थान सर्जिकल फेस माक्स नेपाल पठाउने भएका छन् । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसबाट नेपालीहरुलाई जोगाउन यस्तो सहयोग गरेका हुन् ।

सो परिमाणका मास्क एनआरएनए मकाउमार्फत नेपाल पठाइने भएको छ । र, ती सामग्री एनआरएनए मकाउलाई हस्तान्तरणसमेत गरिसकिएको छ । समाचारअनुसार, मकाउ बडी बिल्डिंग तथा फिटनेस एसोसिएसनका अध्यक्ष श्रीजन वाबा भाइ, नेपालीहरुको साझा संस्था ब्रदरहुड एसोसिएसन मकाउका अध्यक्ष श्री बम लिम्बूले आफ्नै खर्चमा ती सर्जिकल मास्कहरु खरिद गरी नेपाल पठाइने भएको हो ।

सहयोगस्वरुप दिइएका मास्कहरु एनआरएनए मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरिएको र एनआरएनएले ती सामाग्रीहरु नेपाल पठाउने तयारी गरिरहेको बताइएको छ।

समाचार अनुसार, ब्रदरहुड एशोसिएसन मकाउ, बडी बिल्डिंग तथा फिटनेस एसोसिएसन र एनआरएनए मिलेर नेपाललाई अप्ठेरो परेका बेला उपलब्ध गराउन सकिने सामग्रीहरु थप गर्नेबारे समेत छलफल शुरु गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *