कोरोना रोकथामा सरकार गम्भीर नहुनु नागरिकप्रतिको घोर अपमानः काँग्रेस नेता हुमागाँई

डिसी नेपाल
१६ चैत २०७६ १०:०६

काठमाडौँ । नेपाली कांग्रेसका नेता शिव प्रसाद हुमागाँईले पहिलो कोरोना संक्रमित भेट्टिएको दुई महिनासम्म पनि सरकारले त्यसविरुद्धको प्रभावकारी तयारी नगर्नु नागरिक प्रतिको घोर अपमान भएको गम्भीर आरोप लगाएका छन्।

काँग्रेसका नेता तथा केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभागका संयोजक समेत रहेका हुमागाँइले आज एक विज्ञप्ति जारी गर्दै विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारको तयारी सुस्ता र लाज छोप्ने प्रवृत्तिको देखिनु गम्भीर गल्ती भएको भन्दै सरकारको कडा आलोजना गरेका हुन् ।

नेता हुमागाँइले पछिल्लो समय उत्पन्न विषम परिस्थितिमा जनताको स्वास्थ्यप्रति गम्भीर हुन आग्रह गर्दै सरकारलाई ८ बुँदे सुझाब समेत दिएका छन् । उनले महामारी विरुद्ध राष्ट्रिय महाभियान २०७६ घोषणा गरी आवश्यक सामाग्री तत्काल उपलब्ध गराउन र जोहो गर्नुपर्ने बताएका छन् ।

यस्तै स्वास्थ्यकर्मी प्रोत्सहान प्याकेज घोषणा, कम आए भएका गरीब, मजदुर तथा विपन्न नागरिकलाई प्रभावकारी समन्वयमा “नि:शुल्क र सस्तो शुल्क” राहत प्याकेजको घोषा गरी कार्यानयन गर्न पनि माग गरको छन् ।

यस्तो छ नेता हुमागाँईको प्रेस विज्ञप्ति

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *